Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुटपिट गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले कुटपिट गरी हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

चन्द्रपुर नगरपालिका-१ मंगलपुर बस्ने २८ वर्षीय गोपाल थिङको कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा उनकै दाइ ३५ वर्षीय रविन्द्र थिङ, माईजु नाता पर्ने ४२ वर्षीया दुधिमाया पाख्रिन र काठमाडौं घर भएका मामा नाता पर्ने ३९ वर्षीय आषिश पाख्रिन रहेका छन् ।

मंगलपुरमा कुटपिटबाट मानिसको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चपुर र प्रहरी चौकी पौराहीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077