Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुटिन र मोदीबीच प्रत्यक्ष भेटवार्ता हुँदै

एजेन्सी । रुसी राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच प्रत्यक्ष भेटवार्ता हुँदैछ। २१ औं वार्षिक रसिया भारत सम्मेलनका अवसरमा सोमबार उनीहरुबीच वार्ता हुन लागेको हो।

युक्रेनलाई लिएर पश्चिमा देशहरुको रसियासँग तनाब बढिरहेका बेला पुटिनले नयाँ दिल्लिको भ्रमण गर्न लागेका हुन्। रसिया इन दी एसिया प्यासिफिक कार्यक्रमका अध्यक्ष अलेक्जेन्डर गाबुभका अनुसार भारतसँगको सम्बन्ध विस्तार गरेर रसियाले एसियामा आफ्नो पहुँच बढाउन चाहन्छ।

सन् २००० मा पहिलो पटक भारतको भ्रमण गरेपछि पुटिनले वार्षिक रसिया भारत सम्मेलन सुरु गरेका थिए। पहिलो भेटमा उनले तत्कालिन प्रधानमन्त्री अटल विहारी वाजपेहीसँग भेट गरेका थिए।

सन् २०१९ को नोभेम्बरपछि पहिलो पटक पुटिन र मोदीबीच फेस टु फेस भेट हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भेटका अवसरमा दुई देशबीच रक्षा, प्रविधि, उर्जा, लगानीलगायतका क्षेत्रमा सम्झौता हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077