Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधान न्यायाधीशविरुद्धको महाअभियोग बारे राजनीतिक दलको सहमतिमा निर्णय हुन्छ : प्रचण्ड

चितवन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधान न्यायाधीशविरुद्ध महाअभियोग लगाउने विषय गठबन्धन र राजनीतिक दलहरुबीचको सहमतिका आधारमा मात्र हुने बताएका छन् ।

महाअभियोग र एमसीसी प्रकरणले सत्ता गठबन्धन भत्किने आशंका भइरहेको भन्दै उनले गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वान समेत गरेका छन् ।

माओवादी निकट पत्रकारहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने‘एमसीसीबारे जे हुन्छ राष्ट्रिय सहमतिमा हुन्छ । एमसीसीको बैठक र संसद बैठक एकैदिन पर्नु संयोगमात्र हो । प्रधान न्यायाधीशविरुद्ध महाअभियोगको कुरा पनि आएको छ । त्यो पनि दलहरुबीच सहमतिका आधारमा महाअभियोग लगाउने वा नलगाउने निर्णय हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077