Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • एमाले महाधिवेशन सकिएलगत्तै नारायणी किनार पुगेका प्रचण्डले के-के भने ?

    एमाले महाधिवेशन सकिएलगत्तै नारायणी किनार पुगेका प्रचण्डले के-के भने ?

    अनलाइन नेपाल
  • शनिबार, १८ मंसिर २०७८
  • 1.4K
    SHARES

    चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जल, जङ्गल र जमिनको सही ढङ्गले प्रयोग गर्ने गरी विकास गर्नुपर्ने बताएका छन्।

    शनिबार भरतपुर महानगरपालिकाले आयोजना गरेको सिबीच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहमा अध्यक्ष प्रचण्डले जल, जङ्गल र जमिनको सही ढङ्गले सदुपयोग गर्ने किसिमले पूर्वाधार निर्माण गर्नुपर्ने बताए । यस्तो विकासले यहाँको समृद्धिको यात्रामा गुणात्मक उपलब्धि हासिल गर्ने उनको भनाइ थियो ।



    ‘नारायणी, राप्ती, रिउ, राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीयस्थल सबै यही ठाउँमा हुनु विकासका लागि राम्रो कुरा हो,’ प्रचण्डले भने । यी सबै जल, जमिन र जङ्गलसँगै सम्बन्धित रहेको भन्दै प्रचण्डले जिल्लाको विकासका निम्ति मात्रै नभई राष्ट्रियरुपमा आर्थिक बिकासका निम्ति मोडेल रहेको बताए । आफूले यसलाई चितवनको विकासको मोडेलको रुपमा लिएको उनको भनाइ थियो ।



    सिबीच मोडलको रुपमा नारायणी नदीको विकास गर्नुले यहाँको पर्यटन, सौन्दर्य र जलको सदुपयोगको दिशामा पानि एउटा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । नेपालका धेरै ठाउँमा जल, जङ्गल र जमिनको प्रयोग गरी विकास गर्न सकिने ठाउँ रहेको भन्दै उनले सिङ्गापुरको सन्तोसा आइल्याण्डजस्तै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए ।

    विकासको मोडल चितवनले प्रस्तुत गर्नुपर्ने भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सबै नागरिक एक ठाउँ भएर काम गर्न जरुरी रहेको बताए । ‘भरतपुरमा तीव्र गतिमा भौतिक विकासका काम भइरहेका छन् । चितवन र भरतपुरमा हुने आर्थिक विकासका गतिविधि राष्ट्रियरुपमा सबैका निम्ति अध्ययन गर्ने विषय हुन् भन्ने हाम्रो चाहना छ, सम्बोधनका क्रममा उनले भने ।

    जिल्लाको विकासका लागि ठूला–ठूला परियोजना सोचिएको भन्दै प्रचण्डले भने, ‘शक्तिखोरबाट सुरुङमार्ग बनाउने, रेललाइन ल्याउने, मकवानपुर चितवन र नवलपुरलाई जोडेर बृहत्तर आर्थिक परियोजना बनाउनेसम्मका सपना छन् ।’ यो विकासको पनि केन्द्र बिन्दु होस् भन्नका लागि सबैले सपना देखेको उनको भनाइ छ ।

    देशको राजनीतिको केन्द्र चितवन बनेको भन्दै प्रचण्डले देशभरिका जनताले अध्ययन गर्ने गरी यहाँको विकास गरिने बताए ।

    प्रचण्ड नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेन सकिन वित्तिकै चितवन आएका हुन्। शुक्रबार चितवन आइपुगेका प्रचण्डले शनिबार बिहानै सी बिच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माणको शिलान्यास गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार