Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीमा बढुवाका लागि अब तक्माको मूल्यांकन नहुने

काठमाडौं । सरकारले ‘प्रहरी नियमावली २०७१’ संशोधन गरेसँगै अब नेपाल प्रहरीमा कर्मचारी बढुवाका लागि तक्माको मूल्यांकन नहुने भएको छ। नियमावली संशोधनपछि प्रहरीले बढुवा हुँदा विभूषणबापत पाउने २ नम्बर कटौती भएको हो।

नयाँ नियममा बढुवाका प्रतिस्पर्धीमध्ये वरीयताक्रममा अगाडि रहेका उम्मेदवारलाई २ नम्बर स्वतः दिने व्यवस्था गरिएको छ। यसअघि बढुवामा नम्बर जोडिने भएकाले तक्मा पाउन चलखेलसमेत हुने गरेको थियो।

तक्माका लागि प्रहरी कर्मचारीमा शक्तिकेन्द्र धाउने चलनको अब अन्त्य हुने भएको छ। यसअघि प्रहरी प्रधान कार्यालयको सिफारिसमा नपरे पनि सत्ता र शक्तिसँग पहुँच भएका प्रहरी कर्मचारीले हरेक वर्ष विभूषण पाउने गरेका थिए। प्रहरी प्रधान कार्यालयले बढुवा मूल्यांकनमा विभूषणबापत पाउने नम्बर कटौतीको प्रस्ताव गरेपछि नियमावली संशोधन भएको हो।

फौजको ‘चेन अफ कमान्ड’ लाई समेत चुनौती दिनेगरी यसअघि संगठनको नीति र सिफारिसविपरीत कर्मचारीले विभूषण पाउँदै आएका थिए। केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विभूषणबाट पाउने नम्बर कटौती गर्दै त्यो अंक वरीयताक्रममा अगाडि रहेका ज्येष्ठ सदस्यलाई थपिने व्यवस्था गरेको हो।

सरकारले हरेक वर्ष संविधान दिवसमा प्रहरीसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउनेलाई विभूषण घोषणा गरी वैशाख १ गते प्रदान गर्ने गरेको छ। एकपटक पाएको विभूषणअन्तर्गत एक पटकको बढुवाका लागि २ नम्बर जोडिन्छ। वरीयताक्रममा अगाडि रहेका प्रहरी कर्मचारीले बढुवा हुँदा ज्येष्ठ सदस्यबापत अधिकतम २० नम्बर पाउने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077