Online Nepal
  • बुधबार, १० पुष २०८१
  • चीनविरुद्ध अमेरिका र युरोपेली संघको मोर्चाबन्दी, विवादित समुद्री क्षेत्रबारे भयो यस्तो निर्णय

    चीनविरुद्ध अमेरिका र युरोपेली संघको मोर्चाबन्दी, विवादित समुद्री क्षेत्रबारे भयो यस्तो निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    एजेन्सी । विवादित समुद्री क्षेत्रमा भइरहेका गतिविधिबाट ठूला देशहरुबीचको टकराव बढेको छ। चीन र अमेरिकाबीच पनि दुरी बढिरहेको छ।

    हालै अमेरिका र युरोपेली संघले ती क्षेत्रहरुमा चीनविरुद्ध मोर्चाबन्दी गर्ने सहमति गरेका छन्। विवादित समुद्री क्षेत्रमा चीनको गतिविधि रोक्न अमेरिका र युरोपेली संघले मिलेर काम गर्ने भएका हुन्।



    अमेरिकी सुरक्षा सचिव वेन्डी शेम्र्यान र युरोपियन एक्सटर्नल एक्सन सर्भिसका महासचिव स्टेफानो सानिनोबीच भएको उच्च स्तरीय बैठकपछि दुवै पक्षले संयुक्त विज्ञप्ति जारी गर्दै विवादित समुद्री क्षेत्रमा चीनको गतिविधि रोक्न आफूहरु मिलेर काम गर्ने जानकारी दिएका छन्।



    उनीहरुले चीनको चर्को आलोचना गर्दै विवादीत एसिया प्रशान्त क्षेत्रमा भएका गतिविधिहरु आपत्तिजनक र एकपक्षीय भएको टिप्पणी गरेका छन्।

    ‘दक्षिण चीन सागर, पूर्वी चीन सागर र ताइवान स्ट्रेटमा चीनको मनोमानी चलिरहेको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘चीनको सो गतिविधिले शान्ति र सुरक्षामा सिधा असर पु¥याएको छ। चीनको सो गतिविधीलाई रोक्न र सन्तुलन गर्न हामीले मिलेर काम गर्नुपर्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार