Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • भूकम्प गएको छ वर्षपछि ठडियो काष्ठमण्डप

    भूकम्प गएको छ वर्षपछि ठडियो काष्ठमण्डप

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनःनिर्माणको काम ९९ प्रतिशत सम्पन्न भएको छ भने यही महिनामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    गोरखा भूकम्पका कारण पूर्णरूपमा क्षति भएको सम्पदा छ वर्षपछि पुनःनिर्माण पूरा हुनलागेको हो । विसं २०७५ वैशाख १६ गतेदेखि काष्ठमण्डप पुनःनिर्माण समितिमार्फत निर्माणको काम सुरु गरिएको थियो ।



    समितिले आज यहाँ कार्यप्रगति बारे जानकारी दिने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष राजेश शाक्यले सम्पूर्ण काम सकिएको र काष्ठमण्डपको बाहिरी घेरामा काठको बार लगाउने काम भइरहेकाले उक्त काम सकेपछि राष्ट्रप्रमुखबाट उद्घाटनको मिति तय गरिने जानकारी दिए ।



    “काष्ठमण्डप पुनःनिर्माणको काम लगभग सकियो, केही सानातिना काम मात्र बाँकी छ, यही महिनाको अन्तिमसम्ममा उद्घाटन गर्छौं”, शाक्यले भने । उक्त सम्पदा काठमाडौँ महानगरपालिकाको रु ११ करोड ५० लाख आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिबाट निर्माण भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार