Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रतिगमनलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइयो: प्रचण्ड (भिडियो)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरुले प्रतिगमनलाई असफल बनाएको दाबी गरेका छन् ।

बिहीबार पार्टी मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिगमनलाई असफल बनाउन अघिल्लो वर्ष लाखौं जनता सडकमा ओर्लिएको बताए ।

गत सालको प्रतिगमनविरोधी आन्दोलनमा लाखौँ जनता परिचालित गर्‍यौँ र त्यो प्रतिगमनलाई असफल बनायौँ’, उनले भने, ‘जनताको साथ लिएर संविधान र जनताको परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वहरुलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइयो ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जस्तोसुकै मुल्य चुकाएर भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धता गरे । समानुपातिक समावेशीलाई आफूहरूले व्यवहारमा लागु गरिसकेको भन्दै उनले आफूहरुकै कारण स्थानीय तहमा सबैको प्रतिनिधित्व भएको दाबी गरे ।

कार्यक्रममा प्रचण्डले माओवादी बलियो नभए देश कमजोर बताए । देशलाई बलियो बनाउन पनि माओवादी बलियो हुनुपर्ने प्रचण्डको भनाइ छ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077