Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नाइजेरियाको डुङ्गा दुर्घटनामा अधिकांश बालबालिकासहित २९ जनाको मृत्यु

एजेन्सी । उत्तर पश्चिमी नाइजेरियामा दर्जनौं यात्रु, प्रायः बालबालिका बोकेको ओभरलोड गरिएको डुङ्गा दुर्घटनामा परेर कम्तीमा २९ जनाको मृत्यु भएको छ। दुर्घटनामा करिब एक दर्जन हराइरहेको राष्ट्रिय उद्धारमा सम्लग्न राष्ट्रिय निकाय तथा सुरक्षाकर्मीले बुधबार जानकारी गराएका छन् ।

कानो राज्यमा मंगलबारको दुःखद घटना यस वर्ष नाइजेरियामा नदी परिवहन दुर्घटनाहरूको दुःखद् सबैभन्दा पछिल्लो घटना हो । उक्त दुर्घटनामा परेको डुङ्गामा अत्यधिक भार भएको र खराब मौसमका कारण नदीमा आएको बाढीका कारण डुङ्गाले सन्तुलन गुमाएको हुनसक्ने अधिकारीहरूको प्रारम्भिक अध्ययनले देखाएको छ ।

“हामीले अहिलेसम्म कूल २९ मृत शरीर पानीबाट बाहिर निकालेका छौँ र अझै बाँकी १३ जनाको अवस्था पत्ता लगाउन लागिपरेका छौँ,” कानो राज्यका अग्नि सेवाका प्रवक्ता सामीनु अब्दुल्लाहीले बुधबार एएफपीलाई बताए ।

गत राति २० जना र बुधबार बिहान नौ जनालाई मृत अवस्थामा नदीबाट निकालिएको थियो । उक्त दुर्घटनामा परी घाइते अवस्थामा रहेका सात जनालाई उद्धार गरि उपचारका लागि अस्पताल पठाइएको छ ।

अब्दुल्लाहीले भने, “१२ वयस्क व्यक्ति बोक्ने क्षमता रहेको डुङ्गामा क्षमताभन्दा बढी धेरै केटाकेटीहरूलाईराखिएको पुष्टि भएको छ ।”

कानो राज्यको बदाउ गाउँबाट आठ देखि १५ वर्षका अधिकांश मृतक बालबालिकाहरू धार्मिक समारोहमा सहभागी बन्न नदी पारी अर्को किनारामा रहेको सहर बाग्वईतिर जाँदै थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077