Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीमा तीन पद थपियो

काठमाडौं । सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक (बसई), वरिष्ठ हबल्दार (बह) र सहायक हबल्दार (सह) गरी तीन पद थप गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । प्रहरी नियमावली २०७१ संशोधनसहित तीन पद थप्ने निर्णय भएको छ । सो निर्णयसँगै प्रहरीमा वरिष्ठ सई, सई र असई गरी तीन पद रहने छन् । हाल सई र असई गरी दुई पद रहेका छन् ।

त्यस्तै हबल्दार पदमा पनि वरिष्ठ हबल्दार, हबल्दार र सहायक हबल्दार दर्जाको व्यवस्था गरिएको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार नयाँ थप गरिएका वरिष्ठ सईहरूको सेवा सुविधा प्रहरी निरीक्षकसरह हुनेछ ।

सई पदमा करिब चार हजार पाँच सय जनशक्ति रहेको छ । गोरखापत्र दैनिकमा यो समचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077