Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बढुवा भएका १३ डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएका १३ जना जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। सोमबार आयोजित एक समारोहकाबीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) निरजबहादुर शाहीले प्रहरी प्रधान कार्यालयमा डिएसपीहरुलाई दज्र्यानी चिन्हले सुशोभित गरेका थिए।

त्यस्तै, निमित्त प्रहरी महानिरीक्षक शाहीले बढुवापछि पश्चात राज्य, नागरिक र संगठनप्रति उत्तरदायी भई नयाँ जिम्मेवारी अनुसार संगठनको आशा र भरोसा पूरा हुनेगरी काम गर्न निर्देशन पनि दिए।

बढुवाले दर्जा अनुसारको जिम्मेवारी बढ्ने र संगठनप्रति थप उत्तरदायी हुनुपर्ने भएकोले प्राप्त अनुभव र जिम्मेवारीलाई संगठन र राज्यप्रति जवाफदेही भई बफादार रुपमा कार्य गर्नुपर्ने शाहीले जानकारी दिए।

उक्त अवसरमा बढुवा भएका अधिकृतको तर्फबाट बोल्दै प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिशकुमार कर्णले मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा ईमानदारीताका साथ बढुवासँगै थपिएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेल, प्रहरी नायव महानिरीक्षक(डीआईजीपी) लगायत वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077