Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • टेलिकमद्वारा दुर्गम ८ स्थानमा हेलिकप्टरबाट उपकरण ढुवानी गरी टुजी र फोरजी सेवा प्रवाह

    टेलिकमद्वारा दुर्गम ८ स्थानमा हेलिकप्टरबाट उपकरण ढुवानी गरी टुजी र फोरजी सेवा प्रवाह

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल टेलिकले मुलुकका अत्यन्त दूर्गम र विकट स्थानमा रहेका वस्तीहरुमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्याउन चालु आर्थिक वर्षमा अति दुर्गम र विकट ८ (आठ) स्थानहरुमा जिएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ । टेलिकमले विगतमा जस्तै अहिले पनि हेलिकप्टरबाट उपकरण ढुवानी गरी सेवा विस्तार गरेको जनाएको छ ।

    सोलुखुम्बु जिल्लाको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु, गोरखा जिल्लाको छेकम्पार, बिही (गज्र्याङ डाँडा) र न्याक तथा मनाङ जिल्लाको ओडार भ्यु–प्वाइन्टमा टेलिकमले हेलिकप्टरबाट उपकरणहरु ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरेको विज्ञप्तिमार्फत जनाएको छ । यी टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको छ ।



    सोलुखुम्बुको लुक्ला साइटबाट खुम्बु पासाङल्हामु गाउँपालिकाका वडा नम्बर २ र ३ का लुक्ला, सुर्के, मुसे, नाजिपाङ, चौरीखर्क, स्याङमा र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा टुजी र फोरजी सेवा उपलब्ध भएको छ । स्याङबोचे एयरपोर्ट साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का वस्तीहरु र नाम्चेबजार साइटबाट वडा नम्बर ३ र ५ का नाम्चे, कोङदे, जोरसल्लो लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ । त्यसैगरी टाक्सिन्दु साइटबाट वडा नम्बर १ का नुनथला, खरिखोला, थामडाँडा, बुप्सा, पान्गोम र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ ।



    गोरखाको छेकम्पार साइटबाट चुमनुब्री गाउँपालिका वडा नम्बर ४ अन्तर्गतका छेकम्पार, छोकाङसहित छिमेकी राष्ट्र चीनसँग जोडिएका पर्यटकीय क्षेत्रहरुमा सेवा उपलब्ध भएको छ । गोरखाकै बिही (गज्र्याङ डाँडा) नयाँ साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ५ अन्तर्गत क्वाकडाँडा, बिही गाउँ, सराङ गुम्बा ल्हो, प्रोक, सामा, लार्केपाससहित मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्र र न्याक साइटबाट वडा नम्बर ३ अन्तर्गत न्याक, लिक्पा, डेंग, सिर्दिबास फिलिम, भान्सिङ र मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्रहरुमा सेवा उपलब्ध भएको छ । मनाङको ओडार भ्यु प्वाइन्ट साइटबाट न्यासो गाउँपालिका अन्तर्गत ओडार, नाचे, थोंचे, धारापानी, तिल्चेलगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ ।

    टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘अन्य ३ (तीन) दुर्गम र विकट स्थानहरुमा हेलिकप्टरबाटै सामान ढुवानी गरी निकट भविष्यमा नेपाल टेलिकमले टुजी र फोरजी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको फाक्दिङ र नाचिपाङ र दार्चुला जिल्लाको व्यास गाउँपालिकाको छाङरु साइटमा टावर स्थापना गरी सेवा सञ्चालन गरिनेछ । हाल यी स्थानहरुमा संरचना निर्माण भइरहेको छ र निकट भविष्यमै टुजी तथा फोरजी सेवा सञ्चालनमा आउने छ । सेवा सञ्चालनमा आए पश्चात यी क्षेत्रका सेवाग्राहीले गुणस्तरीय भ्वाइस तथा डाटा सेवा प्रयोग गरी लाभ लिन सक्नेछन् ।’

    तुलनात्मक रुपमा लगानी बढी हुने तर व्यावसायिक रुपले प्रतिफल प्राप्त नहुने यस्ता अति दुर्गम र विकट स्थानहरुमा समेत नेपाल टेलिकमले दूरसञ्चार सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार