Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चोलेन्द्रलाई महाअभियोग लगाउन माग गर्दै बारले बुझायो नेपाललाई ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बहिर्गमन हुनुपर्ने विभिन्न १७ बुँदै कारणसहितको ध्यानाकर्षण पत्र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई बुझाएको छ ।

जबरलाई महाअभियोग लगाउन समेत आग्रह गर्दै बारले संघीय संसद् सचिवालयमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष तथा संसदीय दलका नेता नेपाललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानकर्षण पत्र बुझाउन बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लिलामणी पौडेल, वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, बद्रीबहादुर कार्की, प्रेमबहादुर खड्का, रमण श्रेष्ठसहित सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीहरु सिंहदरबार पुगेका थिए ।

प्रधानन्यायाधीश जबराले अदालतमा भ्रष्ट्राचार गरेको, न्याय खरिद बिक्री गरेको, न्यायालयको गरिमा कायम राख्‍न नसकेको भन्दै बारले कर्तिक दोस्रो साताबाट चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077