Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

राष्ट्रपति बनाउने ओलीको प्रस्ताव सुवास नेम्वाङद्वारा अस्वीकार, बरिष्ठ उपाध्यक्ष नछाड्ने

चितवन । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूलाई अध्यक्ष केपी शर्मा ओलीले आफूलाई राष्ट्रपति बनाउन गरेको प्रस्तावलाई अस्वीकार गरेका छन्।

स्रोतका अनुसार दशौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा रहेका नेता नेम्वाङलाई प्रतिस्पर्धाबाट अलग्याउनका लागि ओलीले राष्ट्रपति बनाउने आश्वासन दिएका थिए । नेम्वाङलाई हालका महासचिव ईश्वर पोखरेलका लागि सहज बनाउन प्रतिस्पर्धामा नआउन भनिएको स्रोतको भनाइ छ।

ओलीले नेम्वाङलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवार नबन्न दबाब दिइरहेको बताइएको छ । ईश्वर पोखरेललगायतका नेताहरूले नेम्वाङलाई पार्टीमा बसेर आगामी निर्वाचनपछि राष्ट्रपतिको तयारी गर्न भनेको स्रोतको भनाइ छ । 'नेम्वाङलाई 'तपाईं राष्ट्रपति हुने मान्छे हो । राष्ट्रपति हुने मान्छेले कार्यकारिणीमा किन लड्नुहुन्छ । पार्टीमा बसेर राष्ट्रपतिको तयारी गर्नुपर्छ' भन्नुभएको रहेछ,' नेम्वाङ निकट स्रोतले भन्यो ।

तर, नेम्वाङले आफू वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बन्ने कुरा ओलीलाई जानकारी गराएका छन् । 'हिजो तपाईंका लागि त्यति योगदान गरियो । पार्टीमा सहयोग गरियो अब मलाई सहयोग गर्नुस् भनेर नेम्वाङले अध्यक्षलाई भेटेर फर्किनुभएको छ,' नेम्वाङनिकट नेताले भने।

पार्टी नेतृत्वलाई एकताबद्ध बनाएर लैजानका लागि कसलाई के पदमा ल्याउने भन्नेबारे प्रस्ताव बन्दसत्रको हलमा राख्न पनि नेम्वाङले अध्यक्ष ओलीलाई आग्रह गरेको बताइएको छ । ओलीले भने त्यसको कुनै प्रतिक्रिया नदिएको स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077