Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुवास नेम्वाङलाई उपराष्ट्रपति बन्न ओलीको प्रस्ताव !

चितवन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता सुवास नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेका छन्।

पदाधिकारी व्यवस्थापनमा लागेका ओलीले नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाडेपछि उनलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेको चर्चा बाहिर आएको हो।

शुक्रबार महाधिवेशन स्थलमा बसेको केन्द्रीय कमिटीले थपेको पदाधिकारीमा कुन व्यक्तिलाई कहाँ राख्ने भन्ने टुंगो लगाउन अध्यक्ष ओलीले अहिले पदाधिकारी बैठक बोलाएका छन्।

ओली बसेकाे हाेटल सफारी पार्कमा पदाधिकारी बैठक बस्दैछ। जसकारण बन्दसत्र अझै लम्बिने देखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077