Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बन्दसत्रमा ओलीको भावनात्मक मन्तव्य : मेरो जिन्दगीको भर छैन

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनको बन्दसत्रमा भावनात्मक मन्तव्य दिएका छन् ।

चितवनमा जारी महाधिवशेनको बन्दसत्रलाई अहिले सम्बोधन गर्दै ओलीले आफ्नो जिन्दगीको भर नभएको भन्दै पार्टी नेता र कार्यकर्ताको पंक्ति देख्दा आफूलाई ढुक्क लागेको बताए ।

उनले भने–‘मलाई ढुक्क लागेको छ । अस्ति एक ठाउँमा पनि भनेको थिए, म कति बाँच्छु थाहा छैन । म धेरै पल्ट जीर्ण स्वास्थ्यबाट, धेरै अप्रेसनहरूबाट गुज्रिएर आएको हुँ भन्न सकिन्न कति बाँचिन्छ । मानिसको जिन्दगी यसै पनि टुंगो हुँदैन, त्यसमा पनि मेरो जिन्दगी त धेरैपल्ट मरेर बाँचेर आएको जिन्दगी त्यति साह्रो भर नहुन सक्छ ।’

एमालेका कार्यकर्ता र नेताहरूको नयाँ पुस्तामा लोकतन्त्र सुरक्षित रहेको भन्दै उनले भने–‘मलाई आज ढु्क्क लागेको छ, आराम लागेको छ, आरामले खाना रुच्छ, मिठो निन्द्रा लाग्छ किनभने म तपाईँहरूलाई अगाडि देख्छु । जब म तपाईँहरूलाई अगाडि देख्छु देशको भविष्य सुरक्षित देख्छु । आन्दोलनको भविष्य सुरक्षित देख्छु, लोकतन्त्रको भविष्य सुरक्षित देख्छु ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077