Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले उपाध्यक्षमा उम्मेदवारी दिने भुसालको घोषणा

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका भुसालले शुक्रबार साँझ चितवनबाटै उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उता अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावल र भुसाल एकै समूहमा छन्। रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि भुसालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने आँकलन गरिएको थियो। तर उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। एमालेमा चार उपाध्यक्ष चयन हुनेछन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा बन्दसत्र सफल पार्ने घोषणा गरिरहेका बेला पदाधिकारीमा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। यही सिलसिलामा अब १० बुँदे पक्षधर नेताहरु भीम रावल र घनश्याम भुसाललाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती ओलीमाथि थपिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077