Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एमाले बेरोजगारहरुले तास फिट्ने र बाँड्नेहरूकाे पार्टी होइन: ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले बेरोजगारहरूले तास फिट्ने र बाँड्ने पार्टी नभएको बताएका छन् ।

शुक्रबार पार्टीको दशौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पार्टी सिर्जनशील व्यक्तिहरूको पार्टी भएका बताए । आफ्नो सिर्जनशीलताले देश विकास र सम्पन्न बनाउन उनले आग्रह गरेका छन् ।

उनले नेकपा एमाले सधैँ देशवासीप्रति चिन्तित रहने पार्टी भएको र सोहीअनुसार समृद्ध नेपाल सुखी नेपाली अभियान चलाएको दाबी गरेका छन् ।

कार्यक्रममा ओलीले १० हजार पूर्वलडाकुहरु एमाले प्रवेश गर्ने दाबी गरे।

ओलीले आगामी दिनहरुमा जनयुद्धमा घाइते भएकादेखि पूर्वलडाकुहरु सबैको जिम्मा एमालेले लिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077