Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन फिर्ता ल्याउनुपर्छ: ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्ने बताएका छन् ।

शुक्रबार चितवनको नारायणी नदी किनारमा सुरु भएको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालले सबै छिमेकी राष्ट्रहरूसँग सहकार्य राख्दै समदूरीमार्फत् संवाद गर्नुपर्ने बताए।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, 'लिम्पियाधुरा लिपुलेक र कालापानीको हाम्रो भूगोल हामी नेपालको नक्सामा समेटेका छौँ । त्यसलाई संविधानको अंग बनाएका छौँ। तर, त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ,’ उनले थपे, ‘हामी छिमेकीसँग संवादको माध्यमबाट त्यो जमिन फिर्ता लिनेछौँ ।

यस्तै, अध्यक्ष ओलीले अब विश्व सहकार्यका साथ अघि बढ्नुपर्ने समय रहेको बताए । ‘हामी सबैसँग समदूरीको सम्बन्ध चाहन्छौँ । ठूला–साना, गरिब–धनी, जनसंख्यामा जे भए पनि सबै राष्ट्रहरूको सार्वभौमसत्ता समान छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077