Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले गरे 'नवयुग अनलाइन'को शुभारम्भ

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आधिकारिक मुखपत्र इनवयुग डटकमको शुभारम्भ गरेका छन्।

लामो सयमदेखि पार्टीको मुखपत्रका रुपमा रहेको नवयुग पत्रिका अबदेखि डिजिटलरुपमा प्रसारण हुने र त्यसमा पार्टीका आधिकारिक धारणा, गतिविधि र दस्तावेज रहने एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

नारायणी किनारमा निर्मित मञ्चमा पार्टीका अध्यक्ष ओलीले उद्घाटन गरेपछि अहिले विभिन्न दलका नेताको शुभकामना मन्तव्यको क्रम जारी छ ।

सभामा शुभकामना दिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष अतिथिका रुपमा सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077