Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले महाधिवेशन: ५ महिनापछि देउवा र ओली एकै मन्चमा

चितवन । चितवनको नारायणी नदी तटमा नेकपा एमालेको १०औँ महाधिवेशनमा सुरु भएको छ।

महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मन्चमा उक्लिएसँगै कार्यक्रम औपचारिक रुपमा सुरु भएको हो।

करिब ५ महिनापछि देउवा र ओली एउटै मञ्चमा यसरी भेट भएका हुन् ।

त्यस्तै, उद्घाटन समारोहमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राप्रपा अध्यक्ष कमल थापा पनि उपस्थित भएका छन्।

कार्यक्रममा मुलुकका विभिन्न स्थानबाट हजारौं हजार कार्यकर्ताहरु आएका छन्।

महाधिवेशन पर्सि १२ गतेसम्म जारी रहने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077