Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • एमाले महाधिवेशन: झाँकी र र्यालीसहित सुरु भयो सांस्कृतिक कार्यक्रम

    एमाले महाधिवेशन: झाँकी र र्यालीसहित सुरु भयो सांस्कृतिक कार्यक्रम

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 897
    SHARES

    फाइल फोटो

    चितवन । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुनुअघि नारायणी किनारमा निर्मित विशेष मञ्चमा राष्ट्रिय जातजातिगत सांस्कृतिक कला र धून प्रस्तुति सुरु भएको छ ।

    विभिन्न ठाउँबाट झाँकी र र्यालीसहित एकीकृत जनसमुदायका उपस्थितिमा शङ्ख र घण्ट बजाएर सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।



    पाँच लाखभन्दा बढी जनसहभागिता हुने भनिएको महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन् । उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन हुनेछन् ।



    महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ । सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राजनीतिक दलका प्रतिनिधि आउनेछन् । चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका जनाइएको छ ।

    ‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने नारा एमालेले अघि सारेको छ । नयाँ नेतृत्वका लागि आयोजित महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार