Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले महाधिवेशन: लिलामणि पोखरेललाई चितवन पठाइयो

चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट लिलामणि पोखरेललाई पठाएका छन्।

प्रचण्डको सचिवालयका अनुसार नेता पोखरेललाई चितवन पठाइएको हो।

यसअघि एमाले नेता रञ्जन भट्टराईले प्रचण्डनिवास खुमलटारमा पुगेर प्रचण्डलाई निम्ता गरेका थिए।

प्रचण्ड आज पार्टीको पूर्वनिर्धारित कार्यक्रमका लागि काभ्रे गएका छन् । नेता पोखरेल चितवन आइसकेका छन्।

यस्तै, महाधिवेशनकै लागि अबको केहीबेरमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन आउने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077