Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेसको चितवन जिल्ला अधिवेशन स्थगित

चितवन । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगित भएको छ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका कारण अधिवेशन स्थगित भएको कांग्रेसले जनाएको छ ।

एमाले महाधिवेशनका कारण यातायातमा समस्या पर्ने देखिएकाले अधिवेशन सार्ने निर्णय भएको कांग्रेसका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए। ‘यातायात र कार्यकर्ताको बसाइमा समस्या पर्ने भएकाले जिल्ला अधिवेशन केही दिनका लागि पछि सार्ने निर्णय भएको छ’, उनले भने।

मंसिर १६ र १७ का लागि तय भएको सात प्रदेशको अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने गरी निर्वाचन समितिलाई जिल्ला कार्यसमितिले पत्र लेखेको छ ।

प्रदेश तथा केन्द्रको महाधिवेशनका प्रतिनिधि चयन भइसकेकाले जिल्ला अधिवेशनपछि सार्दासमेत फरक नहुने हुनाले १७ गतेपछि जिल्ला अधिवेशन गर्न सिफारिस गरिएको नेताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077