Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भरतपुर ओर्लनेवित्तिकै शेरधन राईले गरे सचिवमा उम्मेदवारी दिने घोषणा

चितवन । प्रदेश नं १ का पूर्वमुख्यमन्त्री एवं एमाले नेता शेरधन राईले आसन्न पार्टीको महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने बताएका छन्।

भोलिदेखि चितवनमा सुरु हुन लागेको एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर आइपुगेका नेता राईले सचिवमा उम्मेदवारी दिने तयारी गरेको बताए।

एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पोलिटव्युरो सदस्यमा निर्वाचित भएका राईले यसपटक आफूले आफूलाई सबैभन्दा कान्छो पदाधिकारीको रूपमा प्रस्तुत गर्ने निधो गरेको बताए ।

उनका अनुसार कान्छो भनेको विधान महाधिवेशनमा सात जना सचिवको व्यवस्था रहेको छ, त्यो सातमध्ये एउटा सचिवमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने हो।

महाधिवेशन भोलि शुक्रबारदेखि आगामी मङ्सिर १२ गतेसम्म चितवनस्थित नारायणी नदी किनारमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077