Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • एमाले महाधिवेशन उद्घाटन समारोहमा प्रचण्ड नआउने

    एमाले महाधिवेशन उद्घाटन समारोहमा प्रचण्ड नआउने

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    चितवन । नेकपा एमालेको १०औं महाधिवेशन उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी नहुने भएका छन्।

    अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार अध्यक्ष प्रचण्ड पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन शुक्रबार काभ्रे जाने भएसँगै एमाले महाधिवेशन उद्घाटन समाराेहमा सहभागी नहुने भएका हुन्।



    यद्यपि माओवादीले प्रतिनिधिको रुपमा कुनै नेतालाई पठाउने/नपठाउने आज बेलुकासम्म टुंगो लगाउने बुझिएको छ। केही दिनअघि एमाले नेता राजन भट्टराई प्रचण्ड निवास खुमलटार पुगेर महाधिवेशनमा सहभागी हुन निम्तो दिएका थिए ।



    चितवनस्थित नारायणी नदीको किनारमा भोलिदेखि सुरु हुने महाधिबेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने भोलि चितवन आउने कार्यक्रम रहेको छ।

    एमाले नेताहरुका अनुसार प्रधामन्त्री देउवासहित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुर वा राजेन्द्र महतो चितवन आउंदै छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार