Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट १ सय २४ ग्राम सुनसहित ताप्लेजुङका लिम्बु पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय २४ ग्रामको सुन जस्तो देखिने पहेंलो धातुसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ताप्लेजुङ लिङखिम-७ घर भएका २२ बर्षीय जिबन लिम्बु रहेका छन्। बुधबार नेपाल एयरलाइन्सको उडानद्वारा कतारको दोहाबाट काठमाडौं आएका लिम्बुलाई भन्सार कार्यालय र विमानस्थल प्रहरीको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लिम्बुको साथबाट पहेंलो धातु बाला १ थान र औँठी २ थान बरामद गरिएको छ।

प्रहरीले अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार एक्सरेमा जाँच गर्ने क्रममा इमर्जेन्सी लाइटभित्र फल्स बटम बनाइ अबैध रुपमा लुकाएर भन्सार छली ल्याउन लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको जनाएको छ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा बुझाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077