Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैंकका कर्मचारीलाई हप्तामा ३ दिन छुट्टी

एजेन्सी । बेलायतको एक बैंकले आफ्ना कर्मचारीलाई हप्तामा तीन दिन छुट्टी दिने भएको छ। बैंकले कर्मचारीको तलब नकाटीकनै हप्तामा ३ दिन छुट्टी दिने घोषणा गरेको हो।

त्यस्तै बैंकले साप्ताहिक ‘ड्युटी हावर’मा पनि कटौति गरेको छ। एजेन्सीहरुका अनुसार एटम बैंकले साढे तीन घन्टा समय कटौति गरेको हो। यसअघि हप्तामा साढे ३७ घन्टा काम गर्ने कर्मचारीले अब ३४ घन्टामात्र काम गरे पुग्छ।

समाचारका अनुसार उक्त बैंकमा ४ सय ३० जना कर्मचारी छन्। त्यहाँ काम गर्नेहरुलाई कि त सोमबारदेखि वा शुक्रबारदेखि तीन दिन विदा बस्ने प्रस्ताव गरिएको छ। बैंकले नोभेम्बर १ देखि नै यो व्यवस्था लागू गरेको छ।

बैंकका सिइओ मार्क मुलेनले ‘फोर डे वर्क पोलिसी’ले कर्मचारीहरुमा अगाडि बढ्ने तागत पैदा हुने बताएका छन्। उनले भनेका छन्, ‘उनीहरु आफ्ना परिवारलाई धेरै समय दिन सक्छन्। यसले उनीहरुको निजी जीवनमा पनि फाइदा पुग्नेछ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077