Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • मैले भनेको नमान्दा केपी ओली बालुवाटारबाट बालकोट पुगे: प्रचण्ड

    मैले भनेको नमान्दा केपी ओली बालुवाटारबाट बालकोट पुगे: प्रचण्ड

    'एमालेले सातै प्रदेश सरकारबाट हात धुनुपर्या छ'

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 1.3K
    SHARES

    कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले भनेको नमान्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट बाहिरिन परेको बताएका छन्।

    बुधबार जिल्लास्थित भजनी नगरपालिकाको प्रशासकीय भवन उदघाटन गर्दै अध्यक्ष प्रचण्डले आफूले भनेको नमान्दा ओली बालुवाटारबाट बालकोट पुगेको जिकिर गरे।



    आफू अहिले प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘हुन त अहिले म प्रधानमन्त्री छैन । तर प्रधानमन्त्रीभन्दा कम पनि छैन ।’



    ‘मैले भनेको नमान्दा ओली बालुवाटारबाट बालकोट पुगे, मैले भन्याजति केही काम नगर्ने कसम खाए ओलीले,’ प्रचण्डले अघि भने, ‘त्यही भएर उनी बालुवाटारबाट बालकोट पुगे । अहिले सातै प्रदेशबाट सरकारबाट हात धुनुपर्या छ ।’

    यस्तै, कार्यक्रममा अध्यक्ष प्रचण्डले ओली नेतृत्वको अघिल्लो सरकारले ‘झुट मात्रै बोलेको जिकिर गरे । तर अहिलेको सरकारलाई त्यसो हुन नदिने उनले बताए । प्रचण्डले भने, ‘अघिल्लो सरकार जनतालाई ठग्न सिपालु सरकार, काम नगर्न सिपालु, झुट बोल्न सिपालु, अहिले हामीले त्यसो हुन दिएका छैनौं।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार