Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सर्वोच्चको समस्यामा न्यायालयले निकास दिन नसके छिट्टै आवश्यक निर्णय लिन्छौं: प्रचण्ड

धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'ले पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्मै कायम रहने हुने दाबी गरेका छन् ।

बुधबार बिहान धनगढी विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसका केही नेताले ‘महाधिवेशनमा भोट पाउन मात्रै गठबन्ध हुँदैन'भन्ने गरे पनि आन्तरिक रुपमा सबैले गठबन्धन चाहेको बताए।

यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताएका छन् । प्रचण्डले न्यायालयबाटै समस्याको समाधान होस् भनेर नै गठबन्धनले अहिलेसम्म कुनै धारणा नबनाएको जनाए ।

‘न्यायालयमा जुन समस्या देखिएको छ, हामीले  सकेसम्म न्यायालयबाटै समाधान हुनुपर्छ भन्ने धारणा राखेका छौं,’ प्रचण्डले भने, ‘न्यायालयले निकास दिन नसकेमा छिट्टै सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक निर्णय लिन्छौं ।’

यसैगरी कुराकानीको क्रममा अध्यक्ष प्रचण्डले एमसीसीको सन्दर्भमा जनतालाई बुझाएर मात्र पारित गर्नुपर्छ  भन्ने आफ्नो धारणा रहेको बताए । सत्ता गठबन्धनबारे केही व्यक्तिहरुले आफ्नो स्वार्थ अनुकूल बोलिरहेकाले त्यसमा कुनै सत्यता नरहेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077