Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस प्युठान सभापतिमा गिरी विजयी

प्युठान । नेपाली कांग्रेस प्युठान सभापतिमा विष्णुकुमार गिरि विजयी भएका छन् ।

मंगलबार राति सार्वजनिक मतपरीणाम अनुसार गिरिले प्रतिस्पर्धी शिव रिजाललाई पराजित गरेका हुन् । गिरिले ५ सय ६६ मत पाउँदा रिजालले ४ सय ९४ मत प्राप्त गरे । गिरि गौमुखी गाउँपालिका अध्यक्षसमेत हुन् ।

१४औँ जिल्ला अधिवेशनमा सभापतिबाहेकका पदमा सर्वसम्मत भएको छ । कुल १ हजार १ सय ९ मध्ये १ हजार ६५ मत खसेको थियो । मतगणनास्थलमा झडपको स्थिति भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको थियो । विवादपछि त्यहाँ मंगलबार राति झडपको स्थिति बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077