Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपाली कांग्रेसको प्युठान मतगणनास्थलमा हंगामा, प्रहरीले चलायो गोली

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भइरहेको जिल्ला अधिवेशनमा प्यूठानमा मतगणनास्थलमा विवाद भएको छ। स्थिति नियन्त्रणबाहिर जाने भएपछि त्यहाँ प्रहरीले गोली चलाएको छ।

मतगणनास्थलमा झडपको स्थिति भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो। प्यूठान जिल्ला सभापति पदमा विष्णु गिरी र शिव रिजालबीच प्रतिस्पर्धा भइरहेको छ।

कूल ६५ भोट गन्न हुन बाँकी रहेका बेला सभापति पदका उम्मेदवार शिव रिजाल पक्षले धाँधली भएको भन्दै तोडफोड गरेपछि तनावको स्थिति भएको बताइएको छ।

हालसम्मको गणनामा सभापति पदमा उम्मेदवार बनेका विष्णु गिरीले ५२९ मत पाएका छन् भने अर्का उम्मेदवार शिव रिजालले ४६३ मत ल्याएका छन्।

जीतको नजिक रहेका सभापति पदका उम्मेदवार विष्णु गिरी चर्चित युवा नेता गगनकुमार थापा निकट मानिन्छन्। थापानिकट उम्मेदवारले जिल्ला सभापति जित्ने देखिएपछि अर्काे पक्षले हंगामा गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077