Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बसले स्कुटरलाई ठक्कर दिँदा अखिल क्रान्तिकारीका नेताको मृत्यु

तनहुँ । तनहुँको डुम्रे बेँसीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका–१ भन्सारमा बसले स्कुटरलाई ठक्कर दिँदा आज अखिल क्रान्तिकारीका नेताको मृत्यु भएको छ ।

गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका–४ निवासी २४ वर्षीय विद्यार्थी नेता सुर्वण देवकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना६ख ९१३४ नम्बरको यात्रु बसले सोही दिशा गइरहेको बा४५प २३८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सापकोटाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए ।

मृतक देवकोटा अखिल क्रान्तिकारी पालुङटारको संयोजक थिए । दुर्घटनाको अनुसन्धानको लागि दुवै सवारी साधन र बसको चालकलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077