Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बुल्गेरियामा गुडिरहेको बसमा आगो लाग्यो, दर्जनौं बालबालिकासहित ४६ को मृत्यु [अपडेट]

एजेन्सी । पश्चिमी बुल्गेरियामा एउटा बस दुर्घटनामा परेसँगै भएको आगलागीमा १२ बालबालिकासहित कम्तीमा ४६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

स्थानीय समयानुसार रातको झन्डै दुई बजे राजधानी सोफीयाबाट दक्षिण-पश्चिमतर्फ रहेको एक सडकमा बस दुर्घटना भएको हो। उक्त बस नर्थ म्यासेडोनियामा दर्ता भएको बताइएको छ। बसमा टर्कीबाट स्वदेश फर्किएका पर्यटकहरू सवार थिए।

यात्रुमध्ये सात जना बसबाट निस्कन सफल भए। आगलागीमा परेका उनीहरूलाई अस्पताल पुर्‍याइएको छ। बल्गेरियाका आन्तरिक मामिला हेर्ने मन्त्रालयका एक अधिकारीले बसमा पहिले आगो लागेपछि ठोक्किएको हो वा ठोक्किएपछि आगो लाग्न सुरु भएको हो भन्ने कुरा स्पष्ट नरहेको बताएका छन्।

बल्गेरियाका सञ्चारमाध्यमहरूका अनुसार उक्त बस दुर्घटनामा पर्नुभन्दा झन्डै एक घण्टा अगाडी सोफीयानजिकै एउटा पेट्रोल पम्पमा रोकिएको थियो। घटनामा हताहत हुनेहरूको सनाखत भइसकेको छैन तर अधिकारीहरूका अनुसार बालबालिका अनि २० देखि ३० वर्षका युवाहरू दुर्घटनामा परेका छन्।

म्यासेडोनियाका प्रधानमन्त्री जोरन जाएबले बल्गेरियाको एउटा टेलिभिजनलाई बताए अनुसार बसमा सवार अधिकांश यात्रुहरू म्यासेडोनियाका नागरिक हुन्। घटनामा एक बेल्जियमका र एक सर्बियाका नागरिकले पनि ज्यान गुमाएको बताइएको छ।

जाएबले आफूले एकजना जीवितै उद्धार गरिएका यात्रुसँग कुराकानी गरेको र उनले बसमा निदाइरहेका यात्रुहरू विस्फोटनको आवाज आएपछि मात्रै ब्युँझिएको बताएको जनाएका छन्। (बीबीसीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077