Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • देउवाले पाँच वर्ष प्रधानमन्त्री हुनुस् भन्दा मानिएन, अहिले केपी ओलीले गर्दा उहाँलाई नै बनाउनुपर्‍यो: प्रचण्ड (भिडियो)

    देउवाले पाँच वर्ष प्रधानमन्त्री हुनुस् भन्दा मानिएन, अहिले केपी ओलीले गर्दा उहाँलाई नै बनाउनुपर्‍यो: प्रचण्ड (भिडियो)

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीका कारण कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आएको बताएका छन् ।

    मंगलबार अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्री पद त्याग गर्दा यो अवस्था आइपुगेको बताए।



    प्रधानमन्त्री पद त्यागेर वैचारिक एकता, जनताप्रतिको निष्ठा र स्थिरताका लागि एमालेसँग एकता गरेको भन्दै दाहालले अहिले पुरानै अवस्थामा आइपुगेको प्रचण्डको भनाइ छ।



    ‘देउवाले ५ वर्ष प्रधानमन्त्री हुनुस्, सबै मन्त्री राख्नुस् लेखेर दिन्छु भन्दा पनि मानिएन, प्रचण्डले भने, ‘वैचारिक एकता, निष्ठालाई प्राथमिकता दिइयो, अहिले देउवालाई प्रधानमन्त्री भइदिनुस् खानुस् भन्ने अवस्था आयो । देउवाजीलाई धन्यवाद छ मानिदिनुभयो ।’

    हेर्नुहोस् भिडियो:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार