Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ओलीले भने- चोलेन्द्र मात्र होइन सबै न्यायाधीशले राजिनामा दिनुपर्छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताएका छन् ।

मंगलबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले भने, मुख्य व्यक्ति हटे पनि यो सिलसिला अन्त्य होला जस्तो देखिदैन मत सबैले राजीनामा गर्नुपर्ने खालको अवस्था देख्छु ।'

अहिले सर्वोच्च अदालतमा भइरहेका घटनाको अन्त्य प्रधानन्यायाधीश जबराले मात्र राजीनामा गरेर नहुने ओलीको भनाइ छ । अरु न्यायाधीशमाथि पनि प्रश्न उठेकाले सबैले राजीनामा गर्नुपर्ने उनले बताए ।

ओलीले थपे, 'फलानोले राजीनामा गर्दा हुन्छ भनेजस्तो कुराले न्यायिक क्षेत्रको प्रदूषण त्यति एउटा कुराले हट्ला जस्तो मलाई लाग्दैन, सबै सेटिङबाट हट्नुपर्छ।'

पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै न्यायाधीशहरूले इजलास बहिष्कार र नेपाल बार एसोसिएसनले दिनहुँ विरोध प्रदर्शनमा गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077