Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

माधव नेपालबारे केपी ओलीको टिप्पणी: गुटका नेतालाई पार्टीको हैसियतमा बोलाउन मिल्दैन

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको १० औं महाधिवेशनको उद्घाटन सत्रमा माधवकुमार नेपाललाई पार्टीको रूपमा निम्ता गर्न नसकिने बताएका छन् ।

मंगलबार दिउँसो सम्पादकहरुसँगको अन्तरक्रियामा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका नेताहरुलाई
पार्टी प्रतिनिधिको रूपमा महाधिवेशनमा बोलाउन नसकिने ओलीको भनाइ छ ।

ओलीले आफ्नै पार्टीको सरकार ढाल्ने र देशका अहितमा काम गरेका हुनाले अनुशासानको कारबाही भोगेका माधव नेपाललाई बोलाउन नसकिने बताए

महाअधिवेशनमा नेपाललाई किन नबोलाउनु भएको भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले भने, नेपालले एमाले फुटाएको, अनुशासनहिन कार्य गरेको र पार्टी फुटाएर गएकाहरूको गुटलाई पार्टी मान्न सकिँर्दैन । गुटका नेतालाई पार्टीको हैसियत बोलाउन मिल्दैन ।’

एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077