Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बुल्गेरियामा बस दुर्घटना: बालबालिकासहित ४५ जनाको मृत्यु, थुप्रै घाइते

एजेन्सी । पश्चिमी बुल्गेरियामा मङ्गलबार बिहान भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ ।

उक्त दुर्घटनामा जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइएको छ ।

मृत्यु हुनेमा बालबालिका समेत रहेको गृह मन्त्रालयको अग्नि सुरक्षा विभागका प्रमुखले बताएका छन् ।

सोफियाबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको राजमार्गमा स्थानीय समय अनुसार दिउँसो २ः०० बजे सो दुर्घटना भएको हो ।

दुर्घटनाको कारण भने अझै पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077