Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अफगानिस्तान मामिलामा आफ्नो भूमि प्रयोग गर्न भारतलाई पाकिस्तानको अनुमति

एजेन्सी । भारतले अफगानिस्तानलाई मानवीय सहायता प्रस्ताव गरेको एक महिनापछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो सरकारले उक्त सहायता पाकिस्तान हुँदै जान दिने बताएका छन्।

नयाँ दिल्लीमा हालै सम्पन्न आठ देशको सुरक्षा बैठकमा पाकिस्तानले अनुमति नदिएकोमा भारतले आलोचना गरेको अङ्ग्रेजी पत्रिका ‘द हिन्दू’ ले आफ्नो रिपोर्टमा लेखेको छ। ‘बिना हिचकिचाहट’ राहत दिनुपर्ने घोषणा गर्दै बैठक सकिएको थियो।

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले भनेको छ, “पाकिस्तानले अफगानिस्तानमा मानवीय सहायताका लागि भारतको ५० हजार मेट्रिक टन गहुँ पाकिस्तानबाट लैजाने गरी अनुमति दिने घोषणा गरेको छ। भारतीय पक्षसँग सबै कुरा तय भएपछि यी सामानहरु पठाइनेछ।’’

पाकिस्तान सरकारले पनि ‘उपचारका लागि भारत गएका र त्यहाँ फसेका अफगान बिरामीलाई फर्काउन सक्ने’ निर्णय गरेको पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जनाएको छ। पाकिस्तानको यो घोषणाबारे भारतको विदेश मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077