Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस ललितपुर १ सभापतिमा थिङ विजयी

ललितपुर । नेपाली कांग्रेस ललितपुर १ क्षेत्रीय सभापतिमा सुन्दरमान थिङ विजयी भएका छन् । थिङले प्रतिस्पर्धी रामकृष्ण लामा (इन्द्र)लाई पराजित गरेका हुन्।

थिङले ३ सय ५२ मत ल्याएका छन् । लामाले २ सय ४६ मत मात्र पाए। ललितपुरको बज्रवाराहीमा मंगलबार बिहान सार्वजनिक मतपरीणाम अनुसार महाधिवेशन प्रतिनिधिमा थिङको प्यानल विजयी भएको हो।

विपक्षी प्यानलबाट मधुराप्रसाद घिमिरे, खोमप्रसाद घिमिरे र खुला तर्फ रञ्जना तिमल्सिना विजयी भएका छन्। अरु सबै प्रतिनिधि सुन्दरमानको प्यानल विजयी भएको मतदान अधिकृत उद्योग प्रसाद तिमल्सिनाले जानकारी दिए।

विजयी हुनेमा सचिवमा मधुराप्रसाद शर्मा, शेखर न्यौपाने, सहसचिवमा विजय कुमार लो र मनोहर सिलवाललगायत छन्। क्षेत्रीय महाधिवेशन सभापतिमा फरक प्यानलमा रामकृष्ण लामा (इन्द्र)को प्यानलले उम्मेदवारी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077