Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले महाधिवेशन: उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्ने घनश्याम भुसालको तयारी

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले दशौं महाधिवेशनका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणाको तयारी गरेका छन् ।

यसअघि आइतबार उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै उपमहासचिव भुसालले पनि उपाध्यक्षमा उम्मेदवारी घोषणाको तयारी गरेका हुन्।

भुसालनिकट स्रोतका अनुसार भुसालले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । त्यसअघि उनले पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग कुराकानी गर्ने जनाइएको स्रोतको भनाइ छ।

'उहाँलाई धेरै तिरबाट उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव आएको छ,अहिलेनै केही सार्वजनिक भएको छैन । तर उहाँले उपाध्यक्षमै उम्मेदवारी दिनुहुन्छ होला।' भुसालनिकट एक नेताले भने।

यद्यपी भुसालले महाधिवेशनमा आफू कुन पदमा उठ्ने भन्नेबारे मुख खोलेका छैनन् । उनीनिकट एक नेताका अनुसार उनको उम्मेदवारीबारे मंगलबारसम्म टुंगो लाग्नेछ ।

महाधिवेशन यही मङ्सिर १० देखि १२ सम्म नारायणी नदीको किनार चितवनमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077