Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चोलेन्द्रको राजीनामा माग गर्दै आएको बारको आन्दोलन झन चर्कियो, ज्ञापन पत्र बुझाउनेदेखि देशभरिका अदालतमा धर्ना

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसियशनले भोलि (सोमबार) राजनीतिक दललाई ज्ञापन पत्र बुझाउने भएको छ।

बारले नियमित कार्यक्रमअन्तर्गत सोमबार राजनीतिक दललाई ज्ञापनपत्र बुझाउन लागेको हो। संसदमा आबद्ध दलहरुलाई सोमबार ज्ञापनपत्र बुझाउन लागेको बारले जनाएको छ ।

ज्ञापनपत्रमा प्रधानन्यायाधीशको राजीनामा किन ? न्यायपालिकाको शुद्धीकरणका लागि के गर्न सकिन्छ भन्ने विषय समेटिने बताइएको छ ।

भोली १० देखि १२ बजेसम्म देशभरिका अदालतमा हातमा कालोपट्टी बाँधेर धर्ना, विरोध सभा गरिने पनि बारले जनाएको छ।

त्यसैगरी बारले मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्याद बाहेक कुनै पनि अदालत, न्यायाधीकरणहरूमा फिराद, प्रत्युत्तर, पुनरेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने नगराइने बारले निर्णय गरेको छ।

बुधबार १८ वटा उच्च अदालत तथा उच्च अदालतका इजलास रहेका स्थानमा बृहत् विरोध सभा आयोजना गर्ने बारको तयारी छ।

त्यस्तै मंसिर ९ र १० गते बारले काठमाडौं उपत्यकाका सबै बार इकाईका सदस्यको सहभागितामा सर्वोच्च अदालत केन्द्रीत विरोध कार्यक्रम गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077