Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रभु साहको निर्वाचन क्षेत्रमा माओवादीको शक्ति प्रदर्शन, प्रचण्डले सम्बोधन गर्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' रौतहट आज शनिबार रौतहट जाँदै छन्।

रौतहटकाे कटहरियामा हुने आमसभालाई सम्बाेधन गर्न उनी आज त्यसतर्फ जान लागेका हुन्।

यसअघि गत २९ कात्तिकमा मिति तय भए पनि प्रचण्डको स्वास्थ्यका कारण स्थगित भएको आमसभा आजलाई सारिएको थियो।

याे क्षेत्र नेकपा (एमाले) नेता प्रभु साहको निर्वाचन क्षेत्र हाे । साह माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।

प्रचण्डले सभालाई सम्बोधनका साथै पार्टी प्रवेश कार्यक्रम पनि हुने कार्यक्रम छ। माओवादी प्रवेश गर्ने जिल्ला तहका प्रतिनिधि र स्थानीय तहका निर्वाचित वडा अध्यक्षलाई प्रचण्डले पार्टी प्रवेश गराउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077