Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कट्टुमा लुकाएर ल्याएको दुई किलो सुनसहित विमानस्थलबाट दुई पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

विमानस्थल प्रहरीका अनुसार पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहनी छन् ।

उनीहरु शुक्रबार दुबईबाट नेपाल आएका थिए। उनीहरुको साथबाट उक्त परिमाणको सुन बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार उनीहरुले सुनलाई तरल बनाएर कट्टुमा लुकाएर ल्याएका थिए।

पक्राउ परेका व्यक्तिहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077