Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चोलेन्द्रविरुद्ध आन्दोलनका थप रणनीति तय गर्न सल्लाहकारसहित बारको बैठक

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले थप आन्दोलनका कार्यक्रम तय गर्न सल्लाहकारहरू सहितको बैठक सुरु गरेको छ।

बैठकमा सर्वोच्च बार र सल्लाहकार समितिको पनि उपस्थित हुने बारले जनाएको छ। आजदेखि तेस्रो चरणको आन्दोलनको कार्यक्रम सकिने र चौथो चरणको आन्दोलनका कार्यक्रम तय गर्न  शुक्रबार दिउँसो १ बजेपछि बारको बैठक बस्न लागेको हो।

यस्तै, बैठकले अहिलेसम्मको आन्दोलनको समीक्षा गर्दै थप कार्यक्रम बनाउनेबारे सुझाव लिने बताइएको छ। बारले जबरालाई राजिनामा दिन आज ३ बजेसम्मको अल्टिमेटम समेत दिएको छ।

गत करिक १४ गतेदेखि  प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै धर्ना र प्रदर्शन गर्दै आएको बारले थप आन्दोलन कार्यक्रम तय गर्न लागेको हो । जबराको राजीनामा नआएसम्म आन्दोलनलाई निरन्तरता दिने बारले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077