Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अदालतमा दङ्गा प्रहरी प्रयोग नगर्न बारको आग्रह

काठमाडौँ । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा भएको शान्तिपूर्ण आन्दोलनमा दङ्गा प्रहरीको प्रयोग नगर्न गृहमन्त्रालय र सर्वोच्च अदालत प्रशासनसँग आग्रह गरेको छ ।

बारले आज आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरी उक्त आग्रह गरेको हो ।

मूल ढोकामा धर्ना दिँदै आएका कानून व्यवसायीलाई आज सर्वोच्चको वैकल्पिक ढोकातर्फ अघि बढ्न लागेपछि प्रहरीले बल प्रयोग गरी रोक्न खोज्दा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सामान्य घाइते भएका थिए ।

बारका केन्द्रीय सदस्य प्रकाश मर्हजन गम्भीर घाइते भएका थिए । उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै वरिष्ठ अधिवक्ता सविता भण्डारी, सर्वोच्च अदालत बार एसोसिएनका सचिव ऋषिराम घिमिरे, अधिवक्ता कपिलचन्द्र पोखरेल, युवराज बञ्जाडे, नितेश श्रेष्ठ, रमणलाल कर्ण र गोपाल सापकोटा घाइते भएको बारले जनाएको छ ।

बारले अदालतमा भएको विकृति विसङ्गतिको अन्त्य गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन लागू गर्नुपर्ने, गोला प्रक्रियाबाट पेसी तोक्नुपर्नेलगायतका माग राख्दै विरोध कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077