Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चोलेन्द्रले प्रशासनसँग मिलेर अदालतभित्र लाठी र हतियार भित्र्याए: बार अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च प्रशासन मिलेर अदालतभित्र लाठी हान्ने र हतियार भित्र्याउने काम गरेको आरोप लगाएका छन् ।

बिहीबार सर्वोच्चमा प्रहरीको लाठीचार्जबाट घाइते भइ उपचारपछि फर्किएका श्रेष्ठले प्रधानन्यायाधीशको आलोचना गर्दै यस्तो आरोप लगाएका हुन् ।

[insert page='98179' display='yopanipadhnuhos.php']

कार्यक्रमा अध्यक्ष श्रेष्ठले व्यक्ति मरे पनि केही नहुने तर न्याय मर्न नहुने बताए।

‘म मरें भने केही हुँदैन, दुई चारजना मरेर केही हुँदैन । तर न्याय मर्नुहुँदैन, अध्यक्ष श्रेष्ठले भने, 'अदालतभित्र लाठी हान्ने, हतियार भित्र्याउने काम प्रधानन्यायाधीश र सर्वोच्च प्रशासनले ल्यायो । यसको जवाफ प्रधानन्यायाधीशले लिनुपर्छ ।'

[insert page='98163' display='yopanipadhnuhos.php']

[insert page='98214' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077