Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

शशांकलाई प्रकाशमानको काउन्टर: काठमाडौंको भोटले मात्र जितेको हुँ ?

विराटनगर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूलाई काठमाडौं बाहिर कसैले चिन्दैनन् भन्दै दाबी गरेका महामन्त्री डा. शशांक कोइरालालाई आफ्नो रेकर्ड हेर्न चुनौती दिएका छन् ।

बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा नेता सिंहले महामन्त्री कोइरालाले आफ्नोबारे दुस्प्रचार गरेको बताए। यसअघि महामन्त्री कोइरालाले आसन्न महाधिवेशनमा सभापतिको आकांक्षी रहेका सिंहलाई काठमाडौँ बाहिरका नेता कार्यकर्ताहरुले नचिन्ने बताएका थिए।

जवाफमा नेता सिंहले भने, ‘प्रकाशमानको रेकर्ड हेरोस्, १२ औं महाधिवेशनमा मैले काठमाडौंको भोटले मात्र जितेको हुँ ?’

नेता सिंहले हरेक नेताको परीक्षा संकटको बेला हुने भन्दै नेता कार्यकर्ताहरुलाई रेकर्ड हेरेर साथ दिन आग्रह गरे।

यस्तै फरक प्रसंगमा नेता सिंहले पार्टी चलाउन सभापति शेरबहादुर देउवा असफल भइसकेको र उनकै कारण कांग्रेसमा विचलन आएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077