Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चोलेन्द्रविरुद्ध तेस्रो चरणको आन्दोलन सुरु, दुई दिनभित्र राजिनामा दिन बारको अल्टिमेटम

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध निरन्तर आन्दोलनमा रहेको नेपाल बार एसोसिएसनले आगामी मङ्सिर ३ गते (शुक्रबार) भित्र जबरालाई राजिनामा दिन अल्टिमेटम दिएको छ ।

बुधबारको विरोध प्रदर्शनपछि कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी समेत दिए ।

अध्यक्ष श्रेठले प्रधानन्यायाधीश जबराले जारी गरेको विज्ञप्तिलाई आँखामा धुलो हाल्न जारी गरेको भन्दै आफुहरु वार्तामा नबस्ने प्रष्ट पारे। प्रधानन्यायाधीश जबराका कारण न्यायालयको शिर नै निहुरिएको उनको भनाइ छ।

'न्याय किनबेच हुनुहुँदैन भनेर हामी आन्दोलनमा छौं । न्यायालयको शिर निहुरिइरहेको छ । वार्ताको नाममा आँखामा धुलो हाल्नका लागि विज्ञप्ति निकालेको छ,' अध्यक्ष श्रेष्ठले भने ।

यस्तै, सम्बोधनका क्रममा अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्धको तेस्रो चरणको आन्दोलन पनि सुरु भइसकेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077