Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

मकवानपुर । मकवानपुरमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार गयराति पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर–९ हनुमान गेट नजिकै भएको उक्त दुर्घटनामा एक पुरुषको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक कैलाश गाउँपालिका वडा नम्वर–४ कालिकाटार निवासी २४ बर्षीय अबिरल रिजाल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पथलैयाबाट हेटौंडातर्फ आइरहेको ना ३ च ११९३ नम्वरको भैंसी बोकेको बोलेरो गाडीले आज राति १२ः४५ बजेको समयमा विपरित दिसातर्फ जाँदै गरेको ना ३४ प ६०४४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना हो।

बोलेरोको ठक्करबाट घाइते भएका रिजालको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनलाई उपचारको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल ल्याइएको भएपनि ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीले हाल बोलेरो चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077